Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बालविवाह गर्ने केटा र पण्डित मण्डपबाटै समातिए

दाङ । तुलसीपुरमा बालविवाह गर्दै गरेका केटा र पण्डित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–८, कटकुइया निवासी २९ वर्षीय दुलाहा डाक्टर केसी र ५७ वर्षीय पण्डित ताराप्रसाद देवकोटा छन् ।

बालविवाह भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले मण्डपबाटै दुलाहा र विवाह गराउने पण्डितलाई पक्राउ गरेको हो ।

केसीले बिहीबार तुलसीपुर–५, रानीजरुवाकी १४ बर्षीया बालिकालाई भगाएर घरमा ल्याई विवाह गर्दै गरेको अबस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई शुक्रबार जिल्ला अदालत दाङमा पेश गरी ५ दिनको म्याद थप गरेर प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077