Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यरबटुवाबाट घोराही बजारतर्फ जाँदै गरेको बस दुर्घटना

दाङ । घोराहीमा नमस्ते यातायात प्रालिको बस दुर्घटना भएको छ ।

घोराही उपमहानगरपालिका–१५ बयरबटुवाबाट घोराही बजारतर्फ जाँदै गरेको ना ६ ख ७११५ नम्बरको बस शुक्रबार राति बयरबटुवामा सडक छेउको पर्खालमा ठोक्किएर दुर्घटना भएको हो ।

बसको अगाडिको भागमा क्षति पुगेको छ भने बसमा यात्रु नभएकाले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

बसमा चालकमात्रै रहेको र उनी फरार रहेका छन् । प्रहरीले उनको खोजीका साथै थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077