Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रियसभामा सिट बाँडफाँड गर्न गठबन्धनको ‘निर्णायक’ बैठक आज बस्दै

    राष्ट्रियसभामा सिट बाँडफाँड गर्न गठबन्धनको ‘निर्णायक’ बैठक आज बस्दै

    अनलाइन नेपाल
  • शनिबार, २१ पुष २०८०
  • 489
    SHARES

    काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनबारे निर्णायक वार्ता गर्न आज सत्ता गठबन्धनको बैठक बस्दैछ ।

    राष्ट्रिय सभाका रिक्त हुन लागेको १९ सिट बाँडफाँडका लागि बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निर्णायक बैठक बस्न लागेको हो ।



    राष्ट्रियसभामा एमालेसँगको सहकार्य नहुने निष्कर्षमा पुगेपछि आपसमै सिट बाँडफाँड गर्नेबारे गठबन्धनमा निर्णायक वार्ता हुन लागेको बताइएको छ ।



    एमालेले सबै सिटमा एक्लै उम्मेदवारी दिने निर्णय गरेपछि गठबन्धनले तत्कालका लागि ऊसँगको सहकार्य टुंग्याएको हो ।

    एमाले सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार