Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चेक बाउन्सको आरोपमा एक व्यक्ति पक्राउ

खोटाङ । चेक बाउन्सको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले मोरङ कानेपोखरी गाउापालिका–१ का ३७ वर्षीय सुवास न्यौपानेलाई पक्राउ गरेको हो ।

न्यौपानेले खोटाङ हलेसी कन्स्ट्रक्सन प्रालिको क्रसर र जेनेरेटर मेसिन वापतको १५ लाख रुपैयाँ माछापुच्छ्रे बैंकको चेकमार्फत् दिएको र बैंकमा साट्न जाँदा रकम नभएको भन्दै उजुरी परेको थियो ।

उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको समन्वयमा पुस १९ गते बेलुकी साढे पाँच बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ का खगेन्द्र राईको जाहेरीको आधारमा उनलाई बैंकिङ कसुरमा प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077