Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रियसभामा सिटको भागबन्डा गर्न गठबन्धनको बैठक बालुवाटारमा

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको भागबन्डा गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरु फेरी छलफलमा जुटेका छन् ।

बैठकमा राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दलहरूबिच भागबन्डा टुङ्ग्याउने विषयमा छलफल हुनेछ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरू सहभागी रहेका छन् ।

राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा पहिले तीन दलको बैठक बस्ने र फेरि पाँच बजे सत्तारुढ अन्य दलसहित बैठक बस्ने तय भएको छ।

सत्तारुढ दलको शनिबार बिहान बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको सहकार्यको ढोका बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077