Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चार किलो लागुऔषधसहित तीनजना पक्राउ

धनगढी । कैलालीमा चार किलो लागुऔषधसहित तीनजना पक्राउ परेका छन् ।

जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडास्थित झालपोखरीमा रहेको एक होटलबाट चार किलो लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार विहान ५० वर्षीय होटल सञ्चालक गोरे जागरी, बझाङको बुङगल नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय कर्णबहादुर धामी र वडा नम्बर २ का ३३ वर्षीय अमर धामीलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा होटल सञ्चालकसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय मालाखेती, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट खानीडाडाबाट खटिएको संयुक्त प्रहरी टोलीले होटेलमा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा लागुऔषध फेला परेको हो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077