Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मानव बेचविखन तथा ओसार पसारमा संलग्न तीनजना पक्राउ

कास्की । मानव बेचविखन तथा ओसार पसारमा संलग्न तीनजना पक्राउ परेका छन् ।

कास्की प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा पोखरा–९ पृथ्वी चोक बस्ने २९ वर्षीय प्रविन गुरुङ, पर्वत घर भइ हाल काठमाडौंको शंखमुल बस्ने २३ वर्षीय निर्मल मल्ल र पोखरा–१७ विरौटा बस्ने २६ वर्षीय राजेश ठकुरी रहेका छन् ।

पोखरा महानगरपालिका–८ जाल्पारोडमा रहेको काभ्रेली खाजा घरका सञ्चालकले बालिका तथा महिलाहरुलाई होटलमा राम्रो काम लगाइदिन्छु भनी ल्याएर सुरुमा होटलको सरसफाइको काम लगाएका थिए ।

तर केही समयपछि राम्रो कमाइ हुन्छ भन्दै विभिन्न प्रलोभन दिएर परपुरुषहरुसँग भेट गराउँदै पोखराका विभिन्न होटलहरुमा लगि यौनशोषण गराउँदै आएको खुलेको छ

प्रलोभन दिएर महिलाहरुलाई यौन शोषणमा लगाउने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले १९ गते राति १० बजे सोही खाजाघरबाट महिलाहरुलाई बाहिर लैजान लागेको अवस्थामा एक जना बालिका र दुई महिलालाई उद्धार गरेको थियो।

कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी उनीहरुमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077