Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रिय सभामा सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

    राष्ट्रिय सभामा सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 435
    SHARES

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ ।

    बिहान सवा आठ बजेदेखि बैठक बालुवाटारमा बसिरहेको छ ।



    बैठकले उम्मेदवारी बाँडफाँट टुंग्याउने छ । रिक्त १९ सिटमध्ये नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र) ले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले २ स्थान पाउने गरी प्रस्ताव अघि सारिएको छ।



    त्यसमा एकीकृत समाजवादी सहमत हुन सकेको छैन । ठूला दुई दलले एकलौटी गर्न खोजेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बैठक बीचमै छाडेर बाहिरिएका थिए ।

    तर आज अध्यक्ष नेपाललाई राखेर प्रस्तावलाई अन्तिम रूप दिइन लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार