Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जापान भूकम्प अपडेट : मृत्यु हुनेको सङ्ख्या १२६ पुग्यो, २ सय जना बेपत्ता

एजेन्सी । जापानमा ६ दिन अघि गएको शक्तिशाली भूकम्पका कारण दुई सय अझै बेपत्ता छन् ।

सो भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको हो ।

पछिल्लो जानकारी अनुसार विनाशकारी भूकम्पपछि मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ ।

राहत र उद्धारकर्मीहरूले भग्नावशेषमुनि पुरिएका व्यक्तिको खोजी गरिरहेका छन् ।

अल जजीराका अनुसार अनुसार जापानले झन्डै ८ वर्षयताकै सबैभन्दा घातक भूकम्पको सामना गरेको हो । जसका कारण देशका धेरै भागको अवस्था निकै खराब छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077