Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट १ किलो सुनसहित विदेशी महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलोभन्दा बढी सुनसहित १ जना विदेशी महिला पक्राउ परेकी छन्।

दुबईबाट आएकी श्रृलंकाकी महिला कान्ति काभास्करलाई सुनसहित विमानस्थल प्रहरीले शनिबार राति पक्राउ गरेको हो।

उनले ब्रा र अन्डरवेयरमा लुकाएर उक्त सुन ल्याएको पाइएको प्रहरीले जनाएको छ। उनले धुलो बनाएर सुन लिएर आएकी थिइन्।

कसका लागि उक्त सुन ल्याइएको हो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको विमानस्थल प्रहरीले जनाएको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077