Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रियसभा उम्मेदवारबारे छलफल गर्न शेखर र गगनले बोलाए बैठक

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले आफ्नो समूहको बैठक बोलाएको छ।

राष्ट्रियसभाका उम्मेदवारका विषयमा सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि कोइराला पक्षले आफ्नो समूहको बैठक बोलाएका हुन्।

गठबन्धनको विहानको बैठकपछि नेता कोइराला र महामन्त्री थापा सभापति देउवासँग छलफल गर्न धुम्बाराही गएका थिए । उक्त बैठकमा संख्या, मापदण्ड, योगदान लगायतका विषयमा छलफल भएको थियो ।

पार्टीको केन्द्रीय समिति बैठकले पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुर्‍याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिवद्ध स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएकालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउँदा प्राथमिकता दिने निर्णय गरेको थियो ।

सभापति देउवाले उम्मेदवार बनाउँदा पार्टीले गरेका निर्णय लत्याउन लागेको शेखर–गगन पक्षको आरोप छ । पार्टी भित्रको भागवण्डामा सम्माजनक हिस्सेदारीको कुरा नमिलेपछि कोइराला पक्षले समूहको बैठक बोलाएको कांग्रेस स्रोतले बतायो ।

शेखर–गगन पक्षले चार जना आफ्नो समूहलाई दिनुपर्ने माग गरेको थियो । सभापति देउवा तिन जनाका लागि तयार भएका थिए।

पार्टीभित्रको भागवण्डा, मापदण्ड लगायतमा सभापतिसँग कुरा नमिलेपछि शेखर–गगन विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा पुगेका छन् । देउवासँग कुरा नमिलेपछि आफ्नो समूहका शीर्ष नेताहरुलाई छलफलका लागि डाकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077