Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालकुमारीमा मारिएका बीरेन्द्रको परिवारलाई राहत दिन घरमै पुगे भिम साउँद

अछाम । अछामको चौरपाटी गाउँपालिकाले बीरेन्द्र शाहको परिवारलाई डेढ लाख रुपैयाँ राहत हस्तान्तरण गरेको छ ।

यही पुस १३ गते ललितपुरको बालकुमारी घटनामा मारिएका चौरपाटी गाउँपालिका वडा नम्बर १ का शाहको परिवारलाई राहत स्वरूप एक लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

आइतबार गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले घरमै पुगेर मृतकका बुवा टेक बहादुर शाहलाई डेढ लाख रुपैयाँको चेक प्रदान गरेका हुन् ।

गत बुधबार बसेको गाउँ कार्यपालिकाको आठौँ बैठकले शोक प्रस्ताव पारित गर्दै मृतक शाहको परिवारलाई एक लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको थियो ।

यही पुस १३ गते कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग सहितको आन्दोलनका क्रममा प्रहरीसँगको धरपकडमा अछामका बीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077