Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रोहित र विराटलाई समेट्दै अफगानिस्तानविरुद्ध भारतीय टोली घोषणा

काठमाडौं । भारतले अफगानिस्तानविरुद्धको टी २० सिरिजका लागि टिमको घोषणा गरेको छ ।

जनवरी ११ देखि हुने तीन खेलको टी-२० सिरिजका लागि कप्तान रोहित शर्मा र विराट कोहलीले टिममा कमब्याक गरेका छन् ।

रोहित शर्मा र विराट कोहली २०२२ को नोभेम्बर १० मा इङल्याण्डविरुद्धको खेलपछि टी-२० टिममा फर्किएका छन्। उनीहरुलाई आगामी टी-२० विश्वकपलाई ध्यानमा राख्दै टिममा फर्काइएको हो ।

भारतीय टिममा रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, तिलक बर्मा, रिंकु सिंह, जितेश शर्मा, सन्जु सामसन, शिभम दुवे, वाशिंटन सुन्दर, अक्सर पटेल, रवि विश्नोई, कुलदीप यादव, अर्शदीप सिंह, आभेश खान र मुकेश कुमार रहेका छन् ।

तीन खेलको टी-२० सिरिज जनवरी ११ मा सुरु हुनेछ, दोस्रो खेल १४ र तेस्रो खेल १७ तारिखमा हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077