Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेसबुकमा रोजगारीको विज्ञापन राखेर ठगी, हिमाल प्रहरी फन्दामा

काठमाडौं । प्रहरीले फेसबुक लगायत सामाजिक सञ्जालमा कामदारको माग गर्दै विज्ञापन पोष्ट गरी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङको केपिलासगढी गाउँपालिका-२ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ बस्ने ३४ वर्षीय हिमाल राई रहेका छन् ।

राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–५ चपली हाईटको घुम्तीबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार राईले काठमाडौंको चाबहिल, गंगाहिटी, महाराजगन्ज लगायतका विभिन्न स्थानहरूमा भिजन डिपार्टमेन्ट प्रालि सञ्चालन गरेका थिए।

विभिन्न कम्पनीहरूमा मासिक ५० हजार भन्दा बढी तलब हुन्छ भनि विभिन्न किसिमका सिपमुलक तालिम प्रदान गरी नोकरी लगाई दिने प्रलोभनमा पारेका थिए।

प्रतिव्यक्ति १ लाख १३ हजारका दरले १५ जनाबाट १६ लाख ९५ हजार रकम लिई तालिम समेत नदिई उनी कार्यालय नै बन्द गरी सम्पर्कविहीन भएका थिए । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत गौशाला पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077