Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंगलादेशमा भएको आम चुनावमा ४० प्रतिशत मतदान

एजेन्सी । बङ्गलादेशमा भएको आमचुनावमा झन्डै ४० प्रतिशत मतदान भएको छ ।

दुई सय ९९ सिटका लागि भएको चुनावमा झन्डै ४० प्रतिशत मत खसेको हो ।

तर प्रमुख विपक्षी पार्टी बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले चुनाव बहिष्कार गरेको छ । प्रतिस्पर्धी २७ दलमध्ये जतिया पार्टी (जेएपीए) ले मात्र विपक्षी दलको प्रतिनिधित्व गर्नेछ ।

अरू सत्तारूढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री हुन् । बीएनपीको बहिष्कारका कारण प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्ने पक्काजस्तै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077