Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • उम्मेदवार चयनको निर्णयप्रति महामन्त्री थापाको लिखित असहमति

    उम्मेदवार चयनको निर्णयप्रति महामन्त्री थापाको लिखित असहमति

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 786
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसमा राष्ट्रिय सभा उम्मेदवार चयनको निर्णयमा महामन्त्री गगन थापाले फरक मत राखेका छन् । केन्द्रीय कार्यसमितिले गरेको निर्णयभन्दा फरक मापदण्डबाट उम्मेदवार चयन भएको भन्दै महामन्त्री थापाले लिखितरुपमै फरक मत राखेका हुन् ।

    उनले उम्मेदवार चयनको मापदण्ड पालना नभएको र आग्रहपूर्ण निर्णय गरिएको भन्दै दुई बुँदे लिखित असहमति राखे । यही पुस १२ गतेदेखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकको मापदण्ड पालना नगरिएको उनको फरक मतमा भनिएको छ ।



    कांग्रेस केन्द्रीय समिति बैठकले कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट बन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई राष्ट्रिय सभा उम्मेदवारमा प्राथमिकता दिने भनेर मापदण्ड बनाएको थियो ।



    साथै सबै तह र तप्काकालाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वास पार्टीमा पुनः एकपटक खण्डित भएको महामन्त्री थापाको भनाइ छ । थापाले आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउने पनि उल्लेख गरेका छन् ।

    असहमतिको बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा आफ्नो पूर्ण संलग्नता रहने थापाले स्पष्ट पारेका छन् ।

    सत्ता गठबन्धनभित्र सिट बाँडफाँट गर्दा आफ्नो भागमा परेको १० सिटमध्ये संस्थापन पक्षका ७ र शेखर–गगन पक्षका ३ जना उम्मेदवार रहने गरी कांग्रेसले उम्मेदवार टुंगो लगाएको छ ।

    आगामी माघ ११ गते राष्ट्रियसभा २० स्थानका लागि हुने निर्वाचनको आज मनोनयन दर्ता हुँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार