Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सभापति देउवाको कार्यशैलीप्रति महामन्त्री शर्मा असन्तुष्ट, सोधे ६ प्रश्न

    सभापति देउवाको कार्यशैलीप्रति महामन्त्री शर्मा असन्तुष्ट, सोधे ६ प्रश्न

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 687
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवार छनोट गर्दा अपनाएको प्रक्रियाप्रति महामन्त्री विश्वप्रकाश शर्माले पनि ६ बुँदे विमति राखेका छन् ।

    उम्मेदवार छनोट गर्दा पार्टी सभापति शेरबहादुर देउवा र संसदीय बोर्डले अपनाएको कार्यशैलीप्रति शर्माले कांग्रेस संसदीय बोर्डमा मौखिक रुपमा असहमति जाहेर गरेका हुन् ।



    कांग्रेसको संसदीय बोर्डले राष्ट्रिय सभा निर्वाचनका लागि संस्थापनका सात र संस्थापनइतरका तीन गरी १० जना उम्मेदवार टुंगो लगाएको छ ।



    यो विषयमा संसदीय बोर्डको बैठकमा महामन्त्री शर्माले आफ्ना विमति मौखिक रुपमा राखेका हुन् । अर्का महामन्त्री गगन थापाले भने लिखित रुपमा दुई बुँदे फरक मत राखेका थिए ।

    यस्ता छन् महामन्त्री विश्वप्रकाशले राखेका असहमति :

    • उम्मेदवार चयनको समग्र सन्दर्भमा शभापतिको कार्यशैलीसँग प्रस्ट असहमत।
    • संसदीय बोर्डलाई पूर्णता नदिएर हामी पदाधिकारीले मात्रै निर्णय गर्ने भए विधानमा किन राखेको रु
    • राष्ट्रिय सभाको विशिष्टता बढाउने कर्तव्य दलहरूकै होइन र ? कांग्रेसले यो हेक्का राख्नुपर्छ कि पर्दैन ?
    • समावेशिताको सिद्धान्त विधानमा कि व्यवहारमा ?
    • नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने ?
    • राष्ट्रिय सभाकै नेतृत्व गर्ने गरी अपवाद स्वीकार्य, अन्य सोझै र प्रष्ट अस्वीकार्य । योगदान र योग्यता बोकेका सयौं साथी हुनुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार