Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ज्ञानेन्द्र शाहीले मकाउमा भेटेका ठगी र हुण्डीका नाइके कुँवर यसरी परे सिआईबीको फन्दामा

    ज्ञानेन्द्र शाहीले मकाउमा भेटेका ठगी र हुण्डीका नाइके कुँवर यसरी परे सिआईबीको फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 12K
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएका सफलराज कुँवर पक्राउ परेका छन् ।
    पाँच वर्षदेखि नेपाल प्रहरीको खोजी सूचीमा रहेका ठगी र हुण्डीका ‘मास्टर माइन्ड’ भनेर चिनिएका कुँवर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

    सिंगापुरबाट नेपाल फर्किएका उनलाई इन्टरपोलको सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले शनिबार राति विमानस्थलबाट पक्राउ गरेको हो।



    उनी सिंगापुर एयरलाइन्सको उडानमार्फत काठमाडौं आएका थिए। पक्राउ परेका कुँवरमाथि थप अनुसन्धान गर्न म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ। यद्यपी सिआईबीले आजसम्म कुँवरलाई सार्वजनिक भने गरेको छैन ।



    कुँवरले मकाउ लैजाने भनेर सयौं युवाहरुबाट करोडौं रुपैयाँ ठगी गरेका थिए । ठगीका नाइके उनी हुण्डी कारोबारी समेत हुन् ।

    ११ जनाले दिएको जाहेरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी फरार रहँदै आएकाले पक्राउ पर्न सकेका थिएनन् । मकाउमा रहेका उनलाई इन्टरपोलले नेपाल फिर्ता गरेको थियो । त्यहिबेला सिआईबीले पक्राउ गरेको हो । सिआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले इन्टरपोलले कुँवरलाई मकाउबाट फिर्ता पठाएको जानकारी गराएपछि प्रहरीले विमानस्थलमै पक्राउ गरेको अनलाइन नेपालसँग बताए ।

    कुवँरसहितको समूहले मकाउमा बसेर हुण्डीको कारोबार समेत गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । सिआईबीले कुँवरको गिरोहमा रहेका अन्य व्यक्तिमाथि पनि गोप्य अनुसन्धान गरिरहेको जनाएको छ ।

    सबैभन्दा रोचक कुरो त के छ भने इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएपछि मकाउमा समस्यामा परेका कुँवरको पासपोर्ट बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सहयोग गरेको पनि खुलेको छ ।

    शाही हङकङ हुँदै मकाउ जाँदा कुँवरलाई भेटेका थिए । त्यतिबेला कुँवरले आफ्नो पासपोर्टको समस्या देखाएपछि सांसद शाहीले हङकङका महावाणिज्यदूतलाई भनेर पासपोर्ट बनाइदिएको स्रोतको दावी छ । शाही मकाउ भ्रमणमा रहेका बेला कुँवरकै टोलीले भव्य स्वागत गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार