Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवारले गराए मनोनयन दर्ता

पोखरा । गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि सत्ता गठबन्धनले उम्मेदवारी दर्ता गरेको छ।

गठबन्धनबाट गण्डकीमा अन्यतर्फ गोरखाका किरणबाबु श्रेष्ठ, अपांगता - अल्पसंख्यकबाट पदमबहादुर परियार र महिलामा मनरूपा शर्माले उम्मेदवारी दिएका छन्।

गठबन्धनबाट उम्मेदवारी दिएका श्रेष्ठ र परियार नेपाली कांग्रेसका उम्मेदवार हुन् भने शर्मा माओवादी केन्द्रका उम्मेदवार हुन्।

श्रेष्ठका प्रस्तावक गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र समर्थकमा प्रदेशमन्त्री सुशिला सिम्खडा छन्।

यस्तै, परियारका प्रस्तावकमा कल्पना तिवारी र समर्थकमा कुशुम बुढा पुन छन्। महिला उम्मेदवार शर्माका प्रस्तावकमा हरिबहादुर चुमान र समर्थकमा विन्दुकुमार थापा रहेकी छन् ।

यसअघि एमाले र राप्रपाले उम्मेदवारी दर्ता गरिसकेका छन्। एमालेले अन्यमा स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता-अल्पसंख्यकबाट मुस्ताङका हेमन्त शेरचन र महिलाबाट गोरखाकी सम्झना देवकोटाले उम्मेदवारी दिए।

यस्तै, राप्रपाका रोमबहादुर भण्डारी र गौमाया श्रेष्ठले पनि राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077