Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रियल गोर्खा सहकारीका अध्यक्षसहित दुईजना पक्राउ, १२ करोड रुपैयाँभन्दा बढी ठगीको आरोप

    रियल गोर्खा सहकारीका अध्यक्षसहित दुईजना पक्राउ, १२ करोड रुपैयाँभन्दा बढी ठगीको आरोप

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 729
    SHARES

    काठमाडौं । सहकारीको १२ करोड रकम हिनामिना गरी फरार रहेका अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्‍यक्ष हर्क बहादुर कठायत र संस्थाका सदस्‍य विनोद कुमार ओझा रहेका छन् ।



    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गत बुधबार पक्राउ गरेको हो । उक्त सहकारीले जोरपाटी र भक्तपुरमा पनि शाखा सञ्चालन गरेको थियो ।



    सहकारीमा पैसा जम्मा गरेबापत आकर्षक ब्याज आउने भन्दै उनीहरूले बचतकर्तालाई लोभ देखाएको र पैसा फिर्ता नदिएको आरोप लगाए । बचतकर्ताले पटक-पटक ताकेता गर्दा पनि अध्यक्ष कठायतले पैसा फिर्ता नगरी संस्था नै बन्द गरी फरार भएका थिए ।

    अहिलेसम्म प्राप्त जानकारीअनुसार बचतकर्ताको जम्मा १२ करोड ३५ लाख ४८ हजार २ सय ९२ रुपैयाँ अपचलन र हिनामिना भएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार