Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंबाट ४७ केजी चाँदीसहित तीनजना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ४७ केजी चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराका ५० वर्षीय कामेश्वर शाह, पर्साका ३२ वर्षीय सुमनकुमार सर्राफ र बाराका २० वर्षीय मनिष सर्राफ छन् ।

उनीहरूको साथबाट चार थान मोबाइल र ४७ केजी अवैध चाँदी बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरूले भोटेबहाल, कोटेश्वरलगायतका बिभिन्न ठाँउमा राजश्व छलि गरी बिल-बिजक बिना चाँदीका गरगहनाहरू भण्डार गरी बिक्री वितरण गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूलाई थप कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको छ ।।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077