Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घरमा कोही नभएको मौका पारी ४ तोला सुनका गहना चोरी, चारजना पक्राउ

काठमाडौं । प्रहरीले घरमा कोही नभएको मौका पारी चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका वडा नम्बर १२ मंगलबजारस्थित रामबहादुर नेपालीको घरमा चोरी गर्ने चारजना पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार नेपालीको घरमा कोही नभएको मौका पारी प्रवेश गरी ढोका फोडी विभिन्न अन्दाजी चार तोला ८० लाल सुनका गहना चोरी गर्ने कार्यमा संलग्न चार जनालाई पक्राउ गरेको हो ।

अपराध अनुसन्धान शाखा ललितपुरले स्थायी घर झापा भई हाल ललितपुर बस्ने २० वर्षीय सन्देश नेपाली, पोखरा घर भई काठमाडौँ बस्ने २६ वर्षीय अनीश पौडेल, नुवाकोट घर भई क्षेत्रपाटी बस्ने ४१ वर्षीय ज्ञानबहादुर विश्वकर्मा र काठमाडौँका ३० वर्षीय राजकुमार विश्वकर्मालाई पक्राउ गरेको ।

उनीहरूसहित एक लाख ३४ हजार तीन सय रुपियाँ र सुनको गहना बरामद गरिएको साथै अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर ललितपुर पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077