Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाले बोलायो केन्द्रीय राजनीतिक समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ ।

भोलि देखि सुरु हुने दुई दिने बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेको लागि बोलाइएको हो ।

बैठकमा राजनीतिक एवम् संगठनात्मक प्रतिवेदन प्रस्तुत हुनेछ ।

त्यसैगरी पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा र आ आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरुको प्रगति विवरण प्रतिवेदन प्रस्तुत हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077