Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथले दिइन् राजीनामा

एजेन्सी । फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथ बोर्नले आफ्नो पदबाट राजीनामा दिएकी छन् । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार उनको राजीनामा स्वीकृत गरेको हो ।

फ्रान्समा आप्रवासीको विषयमा राजनीतिक विवाद बढ्दै जाँदा उनले राजिनामा दिएकी हुन् ।

प्रधानमन्त्री बोर्नको राजीनामा अन्य उपायहरू लगायत केही विदेशी नागरिकहरूलाई देश निकाला गर्ने विवादास्पद आप्रवासन कानुन राष्ट्रपतिबाट जारी भएपछि राजनीतिक तनाव बढेको थियो ।

म्याक्रोन राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि मे २०२२ मा बोर्नलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077