Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

महोत्तरी । महोत्तरीमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बर्दिबास–जलेश्वर सडक खण्डको औरही नगरपालिका–१ मा भएको दुर्घटनामा अरु दुई जना घाइते भएका हुन् ।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतोको रहेको प्रहरीले जनाएको छ । यस्तै गम्भीर घाइते दुवै जनाको उपचार भइरहेको छ ।

सोमबार राति प्रदेश २–०२–००४ प १८४० र ज ११ प ८०९९ नम्बरका मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077