Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोशीको सभामुखमा राप्रपालाई सघाउने एमालेको निर्णय

विराटनगर। कोशी प्रदेशसभाको सभामुखमा नेकपा एमालेले उम्मेदवार नउठाउने भएको छ।

मंगलबार बिहान बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

एमालेले सभामुखमा गठबन्धन बाहेकका उम्मेदवारलाई सघाउने बताएको छ । कोशी प्रदेशमा मंगलबार दिउँसो ३ बजे सभामुखका लागि निर्वाचन हुदैछ ।

सभामुखमा झापाबाट निर्वाचित प्रदेश सभा सदस्य राप्रपाका अमरबहादुर विष्टलाई सभामुखको उम्मेदवार बनाउने दलहरुको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077