Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

८० हजार घुससहित पक्राउ परेका सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सब-इन्जिनियरसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले सब-इन्जिनियर टिकाराम राई र ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग ८० हजार घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले गत मंसिर १४ गते सब इन्जिनियर राई र ठेकेदार सुनुवारलाई पक्राउ गरेको थियो।

राई र सुनुवारले आपसी मिलोमतो गरी निर्माण भएको घरको नक्सा संशोधन गरी घर निर्मण सम्पन्न प्रमाणपत्र उपबल्ध गराउने प्रयोजनार्थका लागि सेवाग्राहीसँग ८० हजार घुस रकम लिएको पुष्टि भएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए।

मुद्दामा राईलाई मुख्य कसुरदार र सुनुवारलाई मतियार बनाइएको छ। अख्तियारले राईविरुद्ध ८० हजार विगो र जरिवाना र सुनुवारलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा (२२) बमोजिम आधा सजाय हुन मागदावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077