Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोल्याण्ड पठाइदिने भन्दै साढे २ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । पोल्याण्ड पठाइदिने भन्दै रकम ठगी गर्ने एक युवती प्रहरी फन्दामा परेकी छन्।

पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालका -५ घर भइ हाल काठमाडौंको तार्केश्वर नगरपालिका-८ जरंखु बस्ने पूजा श्रेष्ठ रहेकी छन्।

पीडित कला पुनलाई वैदशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिने भन्दै २ लाख ५० हजार रुपैयाँ लिएर फरार भएकी श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी श्रेष्ठले पोल्याण्ड जान ८ लाख ५० हजार रुपैयाँ लाग्ने,त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने र महिनाको १ लाख १५ हजार तलब हुने भन्दै प्रलोभनमा पारेर पुनबाट पटकपटक गरी २ लाख १५ हजार लिइ फरार रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

उनलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077