Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सहायक हवल्दार नै प्रहरीको फन्दामा

    सहायक हवल्दार नै प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • मंगलबार, २४ पुष २०८०
  • 5.3K
    SHARES

    कैलाली । कैलालीमा लागुऔषधसहित नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको धनगढी गणमा कार्यरत प्रहरी सहायक हवल्दार विष्णु चौधरीलाई लागुऔषध ब्राउनसुगरसहित आइतबार पक्राउ गरिएको हो ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी प्रहरी गणमा सवारी चालकका रुपमा समेत कार्यरत थिए ।



    उनको साथबाट २० ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार