Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाको केन्द्रीय राजनीतिक समिति बैठक आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दै छ ।

आज र भोलि ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेबाट बैठक सुरु हुन लागेको हो ।

बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुने बताइएको छ ।

पार्टीका नेताहरूको सक्रियतामा भएका कार्यहरूको प्रगति विवरणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।

पुस २७ गते केन्द्रीय समितिको बैठक पनि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077