Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ।

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले मातहतका सबै निकायलाई दैनिक प्रतिवेदन पठाउन निर्देशन दिएको हो।

महाशाखाले कोरोना भाइरस ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ देखिएपछि निगरानी गर्नका लागि सरकारी तथा निजी अस्पताल, सेन्टिनल साइट, प्रवेश विन्दुहरु, कोभिड–१९ का रिपोर्टिङ प्रयोगशालालाई परिपत्र गर्दै सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ।

नेपालमा पहिलोपटक सोमबार ७ जनामा कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ भेटिएको थियो।

साथै सङ्क्रमित बिरामीको अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ)का लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

मन्त्रालयले सङ्क्रामक दर बढी भएकाले भीडभाड हुने स्थानहरु, मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डहरु– मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077