Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति पौडेल र सार्कका महासचिव सरवारबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सार्कका नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवारबीच शिष्टाचार भेटवार्ता भएको छ।

राष्ट्रपति पौडेल र महासचिव सरवारबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रपति पौडेलले सार्कको मुख्य उद्देश्यसँगै अहिले देखापरेको जलवायु परिवर्तनका असरका कारण हिन्दकुश हिमालय पर्वत क्षेत्रमा हिमाल बचाउनुपर्ने र पानीको स्रोत जोगाउनुपर्ने नयाँ चुनौती थपिएको बताए ।

उनले त्यो चुनौती सामना गर्न सार्क क्रियाशील हुन जरुरी रहेको धारणा राखे । राष्ट्रपति पौडेलले यस क्षेत्रमा एक दशमलव नौ अर्वभन्दा बढी जनता बसोबास गर्ने भएकाले तीनको जनजीवन सहज तुल्याउन सार्क मुलुकहरुले साझा चुनौतीको रुपमा रहेको भन्दै जलवायु परिवर्तन न्यूनिकरणका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिए।

सार्क महासचिव सरवारले जलवायु परिवर्तनको नयाँ चुनौती सामना गर्न सार्क सदस्यहरुबीच एक आपसमा सहयोग आदानाप्रदानका लागि सचिवालय क्रियाशील रहने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077