Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस सभापति देउवाका ज्योतिषी भन्छन् – सन्दीपको फैसला छिट्टै उल्टने ग्रहयोग छ

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका ज्योतिषी सुरेश चन्द्र रिजालले क्रिकेटर सन्दीप लामिछानेको फैसला उल्टिने ग्रहयोग परेको टिप्पणी गरेका छन् ।

बुधबार साँझ सामाजिक सञ्जालमार्फत उनले बलात्कार अभियोगमा ८ वर्ष कैद सजाय पाएका क्रिकेटर लामिछानेको फैसला उल्टने दाबी गरेका हुन् ।

बुधबार जिल्ला अदालत काठमाडौँले लामिछानेले काल्पनिक नाम गौशाला २६ रहेकी युवतीलाई बलात्कार गरेको ठहर गर्दै ८ वर्ष कैद र ५ लाखको जरिवानाको फैसला गरेको छ ।

सो फैसलापछि ज्योतिजी रिजालले वक्रदृष्टि खण्डित ग्रहयोगमा आठ वर्ष कैद सजाय भएकोले छिट्टै फैसला उल्टने संकेत रहेको बताए । उनले लेखेका छन्,‘जबरजस्ती करणी कसुरमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले आठ वर्ष कैद सजाय तोकेको समय नै खण्डित वक्रदृष्टि ग्रहयोगमा परेकाले जिल्ला अदालतको फैसला छिट्टै उल्टने ग्रहयोग परेको छ ।’

उनी कांग्रेस सभापति देउवा ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेर चर्चामा आएका ज्योतिष हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077