Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खुकुलो मौद्रिक नीतिले अर्थतन्त्र सुध्रिने अनुमान

काठमाडौँ । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रले गति लिने अनुमान गरिएको छ । विश्व बैङ्कले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनले गत आर्थिक वर्षको तुलनामा नेपालको अर्थतन्त्रमा उल्लेख्य सुधार हुने अनुमान गरेको हो ।

खास गरी खुकुलो मौद्रिक नीति र आयात प्रतिबन्ध खुला गरिएपछि अर्थतन्त्रमा सुधार देखिने अनुमान प्रतिवेदनमा गरिएको छ । जस अनुसार चालु आवमा नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने छ जुन गत आवको १.९ प्रतिशतले सुधार हो ।

नेपालले चालु आवमा हासिल गर्ने अनुमान गरिएको आर्थिक वृद्धिदर विश्वको औसत दरभन्दा धेरै हो भने दक्षिण एसियाली औसतको तुलनामा भने कम हो । विश्व अर्थतन्त्र विगत ३० वर्षकै सबैभन्दा धिमा गतिमा रहेकाले सन् २०२४ मा केवल २.३ प्रतिशतको औसत वृद्धिदर रहने अनुमान विश्व बैङ्कले गरेको छ ।

त्यस्तै विश्वव्यापी अर्थतन्त्रमा देखिएको मन्दीका बाबजुद अर्थतन्त्र सुधार गरेको भारतका कारण दक्षिण एसियाली अर्थतन्त्रको औसत वृद्धिदर भने ५.६ प्रतिशत रहने अनुमान गरिएको छ । जुन् सन् २०२३ को लागि अनुमान गरिएको ५.७ प्रतिशतभन्दा सामान्य मात्र कम हो ।

दक्षिण एसियाली क्षेत्रका लागि सन् २०२४ मा आन्तरिक माग नै अर्थतन्त्र सुधारको मुख्य निर्धारक हुने अनुमान गरिएको छ । यस वर्ष यस क्षेत्रमा बाह्य माग पनि बढ्ने अनुमान गरिएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077