Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एनसेलको कर छली छानबिन समिति अलपत्र, संयोजक नै विदेश उडे

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्रीमा कर छलीसम्बन्धी छानबिन गर्न गठित समितिले जिम्मेवारी पूरा गर्नेभन्दा पनि म्याद गुजार्ने काम गरेको छ।

छानविन समितिलाई सरकारले एक महिनाको अवधि तोके पनि उक्त अवधिभित्र समितिले प्रतिवेदन नबुझाई समितिका संयोजक नै विदेश भ्रमणमा निस्किएका छन्। समितिका संयोजक पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा आइतबार बेलायततिर गएका हुन्।

समितिलाई दिइएको पूर्वनिर्धारित समयावधि मंगलबार सकिएको थियो। शर्माले प्रतिवेदन नबुझाई म्याद थपको माग गरी बेलायत गएको स्रोतले जानकारी दियो।

गोष्ठीमा भाग लिन भन्दै संयोजक शर्मा बेलायततिर हिँडेपछि अलपत्र परेको समितिको म्याद सरकारले माघ १५ गतेसम्मलाई थप गरेको छ।

एक महिनासम्म छानबिनको टुंगो नलाग्नु र संयोजक विदेशतिर हिँड्नुले समितिको निष्पक्षतामाथि पनि प्रश्न उठाएको छ। नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077