Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिका पठाइदिन्छु भनेर २३ लाख ठगी गर्ने बेन्जु पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार ठगेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत छिन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बेन्जुले अमर बहादुर पुन नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र त्यसका लागि ५० लाख रूपैयाँ लाग्ने बताएकी थिइन्।

रामबहादुरबाट पटकपटक गरी २३ लाख ५० हजार रूपैयाँ लिएपछि उनी सम्पर्कविहीन बनेकी थिइन्।

ठगिएका अमरबहादुरको उजुरीपछि बेन्जुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइए छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077