Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोशीका सभामुख विष्टले गरे राप्रपाबाट अलग भएको घोषणा

काठमाडौं । कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले राप्रपाबाट राजीनामा दिएका छन् ।

पुस २४ गते प्रदेश सभामुखमा निर्वाचित भएसँगै विष्टले आफू आबद्ध दल राप्रपाको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।

विष्टले पार्टी केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा भनिएको छ, ‘म झापा गौराहद–७ निवासी अम्बर बहादुर विष्ट राप्रपाको स्थापनाकालदेखि नै सदस्य भई हाल पार्टीको केन्द्रीय सदस्यको रूपमा रहिरहेको अवस्थामा पार्टीले कोशी प्रदेश सभाको सदस्यको रूपमा निर्वाचित गराएकोमा हार्दिक आभार व्यक्त गर्दछु । मिति २०८०।०९।२४ गते कोशी प्रदेश सभाले मलाई सभामुखको रूपमा निर्वाचित गराएकोले पदीय मर्यादा कायम राख्दै सो पदमा रहुन्जेल पार्टीको कुनै पनि पदमा बस्न नमिल्ने भएकोले पार्टीको सबै पदीय जिम्मेवारीबाट अलग रहेको ब्यहोरा निवेदन गर्दछु।’

राप्रपाभित्र कोशीमा विष्ट सभामुख भएको विषयले विवाद समेत उत्पन्न भएको छ । निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले कोशीको सभामुखबाट फिर्ता हुन निर्देशन दिए पनि पत्र पुग्नुअघि नै पुस २४ मा विष्ट सभामुख चुनिइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077