Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

राजतन्त्र इतिहास भइसक्यो, कसैले चाहेर राजतन्त्र फर्किदैन : माधव नेपाल

धनगढी। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इतिहास भइसकेको राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन्।

टिकापुरमा नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले राजतन्त्र फर्काउन केही व्यक्तिले खुट्टा उचालिरहेको बताउँछदै त्यो सम्भव नभएको दाबी गरे ।

अध्यक्ष नेपालले भने,‘गणतन्त्रका विरुद्धमा, हराइसकेको, बितिसकेको कामै नलाग्ने अवस्थामा पुगेको संस्थाको विषयमा आवाज उठ्न थालेको छ । केही मान्छेले खुट्टा उचालिरहेका छन् । राजतन्त्र इतिहास भइसकेको छ अब त्यो सम्भव छैन।’

अध्यक्ष नेपालले फेरि दास बनाउने कुरा स्वीकार नहुने बताउदै बरू अहिलेकै व्यवस्थामा रहेर विकल्प खोज्न सकिने बताए ।

उनले पार्टी व्यवस्था भन्दा निर्दलीय, निरङ्कुश र अधिनायकवाद काम नलाग्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077