Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पाँच महिनामै भित्रियो ६ खर्ब १३ अर्ब रुपैयाँ रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामै ६ खर्ब १३ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मङ्सिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

यो पोहोरको पाँच महिनाको तुलनामा २७ दशमलव ६ प्रतिशतले धेरै हो । यस्तै अमेरिकी डलरमा रेमिट्यान्स २४ दशमलव ५ प्रतिशतले बढेर ४ अर्ब ६२ करोड डलर पुगेको छ ।

रेमिट्यान्स बढे पनि विदेश जानेहरूको सङ्ख्या भने घटेको देखिएको छ ।

पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ लाख ७३ हजार पाँच सय ५५ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077