Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एसईई नहटाउन राष्ट्रिय परीक्षा बोर्डको आग्रह

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएको छ ।

आज प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने बताएका हुन् ।

उनले विद्यार्थीहरूको गुणस्तर मापन गर्ने विधि नै परीक्षा भएको भन्दै कक्षा १० मा लिइने परीक्षा हटाएमा उनीहरूको गुणस्तर खस्किने बताए ।

कक्षा १० मा अनुत्तीर्ण हुने विद्यार्थी फेरि भर्ना भएर पढ्नसक्ने तर कक्षा १२ मा अनुत्तीर्ण भए उमेरको कारणले पनि फेरि पढ्न मन नगर्ने मनोवैज्ञानिक पाटोको पनि ख्याल गर्नुपर्ने अध्यक्ष शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077