Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रेशम चौधरीको व्यक्तित्व बहुआयामिक छ, शंका गर्नु हुँदैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीमाथि शंका गर्न नहुने बताएका छन् ।

बिहीबारदेखि सुरु नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो बताएका हुन् ।

उनले चौधरीको व्यक्तित्व बहुआयामिक भएको बताए ।

उनले भने, 'हामी पनि चाहन्छौँ कि देशलाई एकताबद्ध बनाउने र सबै जातजातिको बीचमा पारस्पारिक प्रेम र सद्भाव बढाउने व्यक्तिमाथि अनुचित शंका उपशंका र आरोप लगाउनु हुँदैन ।'

नागरिक उन्मुक्ति पार्टीलाई आफूले थारुहरूको संगठन मात्रै नठानेको अध्यक्ष नेपालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077