Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भिजिट भिसालाई अब सहज र व्यवस्थित बनाइने

    भिजिट भिसालाई अब सहज र व्यवस्थित बनाइने

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 1.5K
    SHARES

    काठमाडौँ । सरकारले भिजिट भिसामा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गर्ने भएको छ ।

    बिहीवार गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको बैठकले यस्तो निर्णय गरेको हो ।



    भिजिट भिसालाई सहज र व्यवस्थित बनाउन बैठकले छिट्टै नयाँ निर्णय गर्न आवश्यक ठानेको र प्रधानमन्त्रीसँगको परामर्शपश्चात् अन्तिम निर्णय गरिने निष्कर्ष निकालिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।



    बैठकले यसबारे छिट्टै नयाँ निर्णय गर्नु आवश्यक देखिएको भन्दै प्रधानमन्त्रीसँगको परामर्श एवम् निर्देशनपश्चात् अन्तिम निर्णय गर्ने निष्कर्ष निकालेको छ ।

    बैठकमा प्राप्त सुझावसहित आवश्यक प्रस्तावको तयारी गर्न गृहमन्त्री श्रेष्ठले अध्यागमन विभागलाई निर्देशनसमेत दिएका छन् ।

    बैठकमा गृहमन्त्री श्रेष्ठसहित श्रममन्त्री, परराष्ट्र, शिक्षा, श्रम सचिव र सम्बद्ध पदाधिकारीको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार