Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संविधान कार्यान्वयनका लागि राष्ट्रियसभामा सिटौलाको उम्मेदवारी : विश्वप्रकाश शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियसभा सदस्य पदका लागि कृष्णप्रसाद सिटौलाको उम्मेदवारी संविधानको पूर्ण कार्यान्वयनका लागि भएको बताएका छन् ।

बिर्तामोडमा आज सत्ता गठबन्धन दलको अन्तरक्रियामा महामन्त्री शर्माले शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी संविधानको पूर्ण कार्यान्वयनका लागि नेता सिटौलाले उम्मेदवारी दिएको बताए ।

महामन्त्री शर्माले आगामी माघ ११ गते हुने तय भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश–१ बाट उम्मेदवार बनेका सिटौलाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन, संविधान मस्यौदा समितिको संयोजकका रुपमा संविधान निर्माणमा महत्त्वपूर्ण काम गरेको बताए ।

“उम्मेदवार छनोटका लागि कांग्रेस केन्द्रीय समितिमा छलफल र बहस भएको छ । यस विषयमा पार्टीमा मतभेद छैन”, उनले भने ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेका चम्पादेवी कार्कीले सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिन् । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077