Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाली सेनाको पदयात्रा टोली हनुमान ढोकामा आइपुग्यो

काठमाडौं । गोरखा–काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले सुरु गरेको पदयात्रा आज हनुमान ढोका आइपुगेको छ ।

३०२ औं पृथ्वी जयन्तीको अवसरमा नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सवुजका झण्डाहरु लिएर पृथ्वीनारायण शाहकालीन पोशाकमा बाजागाजासहित निस्किएको यात्रा हनुमानढोका स्थित श्री शार्दुल जंग गुल्मले आयोजना कार्यक्रममा प्रवेश गरेको हो ।

हनुमानढोकामा कार्यरथी विभाग उपरथी दिपककुमार बानियाँलगायतले पदयात्रीलाई फूलमाला तथा खादा पहिराएर स्वागत गरे ।

गत २१ गते शनिबार गोरखा दरबारको हनुमान भञ्ज्याङबाट सुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौं आइपुगेको हो । टर्च र झण्डासहित उक्त पल्टन पुस २७ गते पृथ्वी जयन्तीको दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077