Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुर्खेतमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २५ घाइते

सुर्खेत । सुर्खेतका गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २५ घाइते भएका छन् ।

जिल्लाको भेरिगंगा नगरपालिका ५ को बबई नजिक भे १ ख ३६३० नम्बरको गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बर्दियाको बारबर्दिया ११ का २३ वर्षका रोशन थारू रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै गरेको गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको कोहलपुरमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077