Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति पौडेल र एफएओका डाइरेक्टर क्युबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन 'एफएओ' का डाइरेक्टर जनरल डा क्यु दोङयुबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भेटवार्ता भएको हो ।

भेटका अवसरमा राष्ट्रपति पौडेलले खाद्य तथा कृषि संगठनले नेपालमा विशेषगरी खाद्य तथा पोषण सुरक्षा, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि विकास, सम्बन्धित संस्थाहरुको क्षमता अभिवृद्धि एवं सार्वजनिक नीतिगत क्षेत्रमा विगत लामो समयदेखि गरेको सहकार्य र योगदानका लागि धन्यवाद दिएका थिए।

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल पेरिस सम्झौताको कार्यान्वयनका लागि पूर्ण रुपमा प्रतिवद्ध रहेको बताएको राष्ट्रवति कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077