Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रतिगामी शक्तिहरूले टाउको उठाउन थालेका छन् : माधव नेपाल

    प्रतिगामी शक्तिहरूले टाउको उठाउन थालेका छन् : माधव नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 345
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीलाई जनतासँग जोड्नुपर्ने बताएका छन् ।

    नेकपा एसनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले पार्टी निर्माणको क्रममा आफूहरू लागिरहेको बताए ।



    अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टीले आफ्नो ढंगले गति लिइरहेको छ । निराशा छैन । आशा र उत्साह छ । त्यसैले मैले भन्ने गर्छु फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार । हामीले २०६२/६३ को आन्दोलन गर्दाखेरी राजतन्त्रलाई फाल्न खोज्दा मान्छे केही निराश थिए फाल्न सकिँदैन भनेर । तर, केही मान्छेहरु फाल्न सकिँन्छ उत्साहित थिए । दुनियाँ बदल्ने उत्साह भएका हामीहरू निरन्तर लागिरहेका थियौं।’



    अध्यक्ष नेपालले पार्टीमा हाम्रो मित्र र शत्रु को हुन् भन्ने छुट्याउन सक्नुपर्ने बताए । प्रतिगामी शक्तिहरू फेरी टाउको उठाइरहेको उनले बताए। अध्यक्ष नेपालले आफ्नो पार्टीलाई एमालेका अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै आफूहरूलाई सिध्याउन खोजेको आरोप लगाए ।

    अध्यक्ष नेपालले आफुहरुलाई सिध्याउन र गठबन्धनलाई ध्वस्त बनाउन केही षड्यन्त्रकारी लागि परेको बताए । अध्यक्ष नेपालले गठबन्धनलाई मात्रै भरोसा गरेर जिताइदेलान् भनेर बस्न नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार