Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । नेपाल क्रिकेट संघ क्यानले आयोजना प्रतियोगिता आजदेखि सुरु भएको हो ।

एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् । यसपटक राउण्ड रोविन लिगमा यस प्रतियोगिता हुनेछ ।

जसले गर्दा हरेक टोलीले कम्तीमा ९ खेल खेल्न पाउनेछन् । लिग चरणमा कुल ४५ खेल हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले सीधै फाइनल खेल्नेछ । अर्को यसपटक प्रतियोगिता उपत्यका बाहिरसमेत हुनेछ र कुल ३ मैदानमा खेलाइनेछ ।

जसमा काठमाडौंको टीयू मैदान र मुलपानी मैदान तथा भैरहवाको सिद्धार्थ क्रिकेट मैदान छन् । पहिलो दिन तीन खेल हुनेछ ।

उद्घाटन खेल नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच टीयू मैदानमा हुनेछ । यस्तै कोशी र मधेश प्रदेशबीच मुलपानी मैदानमा खेल हुनेछ भने लुम्बिनी र गण्डकी प्रदेशबीच सिद्धार्थ मैदानमा खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077