Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कपमा मधेसको विजयी सुरूवात

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ। मुलपानी, कीर्तिपुर र भैरहवा गरी तीन वटा मैदानमा प्रतियोगिताका खेल भएक छन्।

मुलपानी मैदानमा भएको खेलमा मधेस प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४१ ओभरमा १२७ रनमै अलआउट भयो।

कोशीका लागि कप्तान अंकित सुवेदीले ४० रन र फिर्दोस अन्सारीले ४१ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा मधेसका प्रदीप पासवानले ३ विकेट लिए भने राजेश यादव, रन्जित कुमार र पवन सर्राफले २-२ विकेट लिए।

१२८ रनको लक्ष्य मधेसले २०.१ ओभरमा ३ विकेट गुमाएर पार गर्‍यो। मधेसका लागि अनिल साहले ८८ रनको योगदान गरे। उनले ५४ बलमा १४ चौका र ३ छक्का प्रहार गरे।

यता कीर्तिपुरमा बागमती प्रदेशविरुद्ध नेपाल पुलिस क्लबका रासिद खानले नटआउट १०६ रनको योगदान गरेका छन्। उनको शतकमा पुलिसले ८ विकेटको क्षतिमा २८२ रन जोडेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077