Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माधव नेपालले भने - अब आफ्नै शक्तिमा चुनाव जित्नेगरी तयारी गरौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै शक्तिमा चुनाव जित्नेगरी तयारी गर्नुपर्ने बताएका छन्।

काठमाडौंको साँखुमा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले यसअघि गठबन्धनको साथमा चुनाव लड्दा अपेक्षित नजिता हासिल गर्न नसकेको भन्दै अक आफ्नै शक्तिमा चुनावमा जित्नेगरी तयारी गर्नुपर्ने बताए।

उनले सिंगो मुलुकको विकासको खाका आफ्नो पार्टीले तयार गरेको भन्दै नेता कार्यकर्ताले जनतामाझ गएर त्यसलाई बुझाउन सक्नुपर्ने उल्लेख गरे।

अध्यक्ष नेपालले सातैवटा प्रदेशमा पार्टीको अस्तित्व देखिएको र अब पालिकामा अस्तीत्व देखिने गरि संगठन विस्तार गर्नुपर्ने बताए। उनले अहिले गठबन्धन फुट्ने भ्रममा नलाग्न आग्रह गर्दै गठबन्धन पाँचै वर्ष चल्ने बताए।

अध्यक्ष नेपालले यसअघि कम्युनिष्ट दलहरू बहुमतको नजिक पुगेपनि त्यसलाई जोगाउन नसकिएको भन्दै पुनः कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्नका लागि पहल भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077